बिहिबार, चैत्र १५, २०८०

एटिएम मेसिनबाट गैरकानुनी रुपमा रकम निकाल्ने बुल्गेरियाली पक्राउ

काठमाडौ चैत्र ११,  केन्द्रीय अनुसन्धान ब्यूरोले युरो तथा अमेरिकी डलरमा सटही गरी आफ्नो देशमा लैजान खोज्ने ४२ वर्षीय पेट्रोस्लाभ रिस्टोभलाई करिब रु एक करोड २० लाख बराबरको नगदसहित पक्राउ गरेको छ ।

11071589_831128613627205_4462096135613747816_nब्यूरोका अनुसार निज पेट्रोस्लाभ रिस्टोभ नामक बुल्गेरियाली नागरिकले काठमाडौँका विभिन्न एटिएम मेसिनबाट गैरकानुनी रुपमा रकम निकाल्ने जस्तो गैरकानुनी काम गर्दै आएको जनाएको छ।

त्यस्तै ब्यूरोले आज आयोजित पत्रकार  सम्मेलनमा  निज रिस्टोभलाई यही गत ५ गते ठमेलस्थित एटिएम मेसिनमा पटक–पटक कार्डको प्रयोग गरेको शङ्कास्पद गतिविधि देखिन आएकाले मङ्गलबार दिउँसो ठमेल त्रिदेवीमार्गस्थित टेम्बल टाइगर अपार्टमेन्टको ८ नं कोठाबाट पक्राउ गरिएको जनाएको छ । photo : Nepal Police