शुक्रबार, बैशाख १४, २०८१

उपनिर्वाचनका लागि सत्तारुढदलले गर्यो उम्मेद्वारको घोषणा

काठमाडौं फागुन २७,  आसन्न् बाग्लुङ १ को संविधानसभाको उपनिर्वाचनका लागि सत्तारुढदल कांग्रेस,एमालेले उम्मेद्वारको घोषणा गरेको छ । चैत २८ मा हुने उक्त 3-dal1उपनिर्वानचको लागि काग्रेसले चम्पा खडका र एमालेले मनकुमारी केसीलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो । एमाओवादीले यसअघिनै प्रवक्ता दीनानाथ शर्मालाई उम्मेदवार छनौट गरिसकेको छ ।

काँग्रसको संसदीय बोर्डको आज वालुवाटारमा बसेको बैठकले र एमाललेको पनि आजै अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको स्थायी कमिटी बैठकले उम्मेदवार तय गरेको हो । चैत १ गते निर्वाचन क्षेत्रमा उम्मेद्वारी दर्ता गर्ने कार्यक्रम छ ।