मङ्लबार, बैशाख ११, २०८१

आज घोडे जात्रा पर्व मनाईदै

काठमाडौ चैत्र ६, प्रत्येक वर्षको जस्तै चैत कृष्ण औंसीको अवसरमा आज उपत्यकामा घोडे जात्रा मनाइँदै छ । किंवदन्ती अनुसार परापूर्व कालदेखि उपत्यकाको मानव images (1)वस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडजात्रा मनाइएको पाइन्छ ।

घोडे जात्राको अघिल्लो दिन चैत कृष्ण चर्तुदशीलाई पिसाच चर्तुदर्शीका रुपमा समेत लिइन्छ । काठमाडौँको टुडिखेलमा बर्सेनि नेपाली सेनाले घोडेजात्राको आयोजना गर्दछ भने ललितपुरको पाटनमा आजैका दिन एक्लो घोडा दगुराएर घोडेजात्रा मनाइन्छ । घोडे जात्राको दिन राज्यले उपत्यकामा सार्वजनिक विदा दिने गरेको छ ।