बिहिबार, चैत्र १५, २०८०

आजदेखि एसएलसी, चिट चोर्ने चोराउनेलाई कडा कारबाही

काठमाडौ चैत्र ५,   विद्यालय शिक्षाको ‘फलामे ढोका’ मानिँदै आएको एसएलसी परीक्षा विहीबारदेखि सुरु भएको छ । यस वर्ष ५ लाख ७४ हजार ६ सय ८५ जना परीक्षार्थीले slcपरीक्षा दिने छन् ।  नियमिततर्फ ४ लाख २६ हजार २ सय १४ जना सहभागी भएका छन भने  एक्जाम्टेडतर्फ १ लाख ४५ हजार १ सय ८३ जना सहभागी रहेका छन ।त्यस्तै गरि प्राविधिकतर्फ भने २ हजार ३७ जना छात्र र १ हजार २ सय ५१ जना छात्रा गरी ३ हजार २ सय ८८ जना परीक्षामा सहभागी रहेको पनिकलेजनाएकोछ ।

पनिकका अनुसार सबैभन्दा बढी काठमाडौंमा ३४ हजार ५ सय ८७ जना र सबैभन्दा कम मनाङमा ७४ परीक्षार्थी रहेका छन् । यस वर्ष परीक्षाका लागि देशभरमा गरी एक हजार ८ सय ६२ परीक्षा केन्द्र कायम गरिएको छ । जसमा सबैभन्दा बढी परीक्षा केन्द्र काठमाडौंमा ९१ र सबैभन्दा कम मनाङ र मुस्ताङमा १ र १ ओटा कायम गरिएको छ ।
चिट चोराउने र चोर्नेलाई कडा कारबाही हुने भन्दै परीक्षा नियन्त्रक विष्णु बहादुर द्धारेले परीक्षा ब्यवस्थित र शान्तिपूर्ण ढंगले सन्चालन गर्न ३५ बुँदे आचारसंहिता तयार पारेर देशभर पठाइएकाले यस विपरित गर्ने जो कोहीलाई कडा कारबाही हुने जानकारी दिएका छन् ।