बिहिबार, बैशाख १३, २०८१

अख्तियार विकासको बाधक नभई साधक भएको स्पष्टोक्ति

काठमाडौ फगुन २८,  विकास खर्च गर्न अख्तियारलाई रिझाउनु पर्ने अभिमतसहित विभिन्न सञ्चारमाध्यममा प्रकाशित र प्रसारित समाचारप्रति अख्तिायार दुरुपयोग 1235071_238849426264381_1100343611_nअनुसन्धान आयोगले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।  आयोगद्वारा बुधवार जारी विज्ञप्तिमा जनताको खुन–पसिनाबाट निर्मित राष्ट्रिय ढुकुटीबाट विकासका निम्ति विनियोजन गरिने एक÷एक पैसाको समुचित रूपमा समन्यायिक ढङ्गबाट खर्च हुनुपर्दछ र यसमा लक्ष्यित वर्गको सहज पहुँच हुनुपर्दछ भन्ने आयोगको स्पष्ट मान्यता रहिआएको उल्लेख गर्दै आयोग र आयोगका माननीय प्रमुख आयुक्त स्वयम्ले बारम्बार अख्तियार विकासको बाधक नभई साधक भएको तथ्य स्पष्ट पारिरहँदासमेत आयोगलाई विकास विरोधी संस्थाका रूपमा पहिचान गरिनु आफैमा गैरजिम्मेवार एवम् विडम्बनापूर्ण रहेको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा विकास आयोजनाहरूको सञ्चालनका सन्दर्भमा समयमा निर्णय नगर्ने, निर्णयहीन अवस्थामै रहने वा दुराशयपूर्ण निर्णय गर्ने पात्र र प्रवृत्तिका हकमा भने आयोग सर्वथा कडाभन्दा कडा कारबाहीको पक्षमा रहँदै आएको प्रष्ट गर्दै निर्णय नगर्ने र नलिने प्रवृत्तिविरुद्धको आयोगको यो पक्षपोषण कदाचित विकास विरोधी होइन, विकास निर्माणको शीघ्रताको निम्ति हो भनिएको छ । साथै सरकारले लिने कुनै पनि तत्परतामा आयोग समन्वयकारी भूमिका निर्वाह गर्न तयार रहेको जनाउँदै आयोगले आयोगको विकासप्रेमी भाव विपरीत विकास विरोधीका रूपमा प्रस्तुत गर्ने गैरजिम्मेवार अभिमत र प्रवृत्तिप्रति दुःख व्यक्त गरेको छ ।