सोमवार, चैत्र ६, २०७९

३० दलीय विपक्षी गठबन्धनले अन्तक्र्रियाका लागि प्रमुख वक्ता तोक्यो

काठमाडौ चैत्र १७,  एमाओवादी नेतृत्वको ३० दलीय विपक्षी गठबन्धनको सिंहदरबारमा आज बसेको  बैठकले आगामी शनिवारको लागि तय गरेको विशेष अन्तक्र्रियाका लागि केन्द्रीय वक्ताहरू तोकेको छ ।  विपक्षी गठबन्धनले सोमवार आगामी चैत १९ गर्ने भनेको नेपाल बन्दको घोषित कार्यक्रम सहित चैत २३ सम्मका लागि घोषित सवै आन्दोलनका कार्यक्रम स्थगन गर्दै चैत २१ गते देशभर विशेष अन्तक्र्रिया गर्ने कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको थियो ।

जसअनुसार काठमाडौँका लागि विपक्षी गठबन्धन मोर्चाका संयोजक एवम् एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई प्रमुख वक्ताको जिम्मेवारी दिएको छ भने भैरहवाका लागि एमाओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराई, धनगढीका लागि मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजय गच्छदार, विराटनगरका लागि सचिव वर्षमान पुन र राजविराजका लागि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र गौरका लागि राष्ट्रिय मधेस समाजवादीका अध्यक्ष शरत्सिंह भण्डारीलाई प्रमुख वक्ताको जिम्मेवारी दिएको छ ।

त्यस्तै गरि नेपालगन्जका लागि नेता टोपबहादुर रायमाझी, वीरगन्जका लागि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, जनकपुरका लागि तराई –मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादव र पोखराका लागि सङ्घीय समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईलाई जिम्मेवारी दिएको छ भने नारायणगढका लागि गिरिराजमणि पोखरेल, घोराहीमा शक्तिबहादुर बस्नेतलाई प्रमुख वक्ताको जिम्मेवारी दिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728