सोमवार, चैत्र ६, २०७९

सुरक्षाको अवधारणा र आयाम व्यापक भएका छन् : प्रधानमन्त्री कोइराला

काठमाडौ चैत्र ४,  प्रधानमन्त्री सुशील कोइरालाले आक्रमण र प्रतिरक्षा मात्र रहने सुरक्षाको परम्परागत अवधारणाबाट अहिले सुरक्षाको अवधारणा र आयाम व्यापक भएको बताउनु भएको छ । आक्रमण र प्रतिरक्षालाई मात्र राष्ट्रिय सुरक्षा मानिने परम्परागत अवधारणामा अब आर्थिक, सामाजिक, कूटनीतिक, सूचना, पर्यावरण, प्राकृतिक create_thumbप्रकोपजस्ता विषय पनि समेटिनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय सुरक्षा परिषद्को १४औँ वार्षिकोत्सवको अवसरमा आज परिषद्को सचिवालय सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवम् परिषद्का अध्यक्ष कोइरालाले अहिले विश्वमा सुरक्षालाई देश र जनताको सुरक्षाका बहुआयाम समेटिएको बृहद् रणनीतिका रूपमा बुझिने बताउनुभयो ।  सचिवालयले सुरक्षाका समग्र विषयको अध्ययन र विश्लेषण गरी प्राप्त कार्यादेशबमोजिम राष्ट्रिय सुरक्षा परिषद् र सरकारलाई राय सुझाव प्रदान गर्नुपर्ने बताउँदै प्रधानमन्त्री कोइरालाले सचिवालयले आफूलाई सुम्पिएको कार्य सम्पन्न गर्न दक्ष जनशक्ति, उपयुक्त प्रविधि, सूचना र सञ्चारको सञ्जाल तयार गर्नुपर्ने सुझाव दिनुभयो ।

“सही सूचनाका आधारमा मात्र सही नीति र कार्ययोजना बन्न सम्भव हुन्छ”–प्रधानमन्त्री कोइरालाले भन्नुभयो–“सचिवालयलाई राष्ट्रिय सुरक्षाको अध्ययन र अनुसन्धानका केन्द्रका रूपमा विकसित गरी राष्ट्रिय सुरक्षाको वर्तमान चुनौती सामना गर्ने सक्षम संस्थाका रूपमा विकास गर्नुपर्दछ ।

प्रधानमन्त्री कोइरालाले राष्ट्रिय सुरक्षाको दीर्घकालीन नीति, रणनीति, कार्ययोजना तय गर्ने सर्वोच्च निकायका रूपमा रहेको परिषद्ले राष्ट्रिय सुरक्षा क्षेत्रको विश्लेषण गर्ने, सूचना प्रवाह गर्ने एवम् सल्लाहकार समूहको कार्य पनि गर्दै आइरहेको अवगत गराउनुभयो । सचिवालयले वर्तमान र भविष्यको सुरक्षा चुनौतीलाई समेत मध्यनजर गरी सुरक्षा प्रबन्धलाई अझ सबल र सुदृढ तुल्याउने विश्वास व्यक्त गर्दै उहाँले आम जनतालाई सुरक्षा प्रत्याभूति दिन सबै प्रकारका अपराध र आतङ्कबाट देशलाई मुक्त राख्न सचिवालयलाई सफलता मिलोस भन्ने कामना समेत गर्नुभयो ।

कार्यक्रममा रक्षा सचिव एवम् परिषद् सचिवालयका संयोजक इश्वरीप्रसाद पौड्यालले परिषद्को स्थापना, उद्देश्य र वर्तमान अवस्थामा प्रकाश पार्दै नयाँ बन्ने संविधानमा परिषद्को व्यवस्थालाई अझ फराकिलो बनाउनुपर्ने बताउनुभयो ।  सो अवसरमा परिषद्का सदस्यसमेत रहनुभएका उपप्रधानमन्त्रीद्वय बामदेव गौतम र प्रकाशमान सिंह, मन्त्रीद्वय महेश आचार्य र निलम केसी खडका, मुख्य सचिव लीलामणि पौड्याल, प्रधान सेनापति गौरवशमशेर राणा तथा अन्य सुरक्षा निकायका प्रमुखलगायत विशिष्ट अधिकारीको उपस्थिति रहेको थियो ।   Everest Herald.com बाट

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728