आचार्य महाश्रमणको उक्त पदयात्रा आगामी वैशाख ७ गते वीरगन्जबाट राजधानी पुग्ने
काठमाडौं चैत्र १७, जैन तेरापन्थ धर्म सङ्घका आचार्य महाश्रमणको अन्तर्राष्ट्रिय अहिंसा पदयात्राको प्रथम नेपाल प्रवेशको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रम प्रकाशमान सिंहले मानवीय एकता,सहकार्य र नैतिकबल बाट सहजै समाज र राष्ट्रलाई रुपान्तरण गर्न सकिने धारणा
अभिव्यक्त गर्नुभएको छ । त्यस्तै उहाँले महाश्रमणको अहिंसा सहितको यात्राले समाजमा विद्यमान यावत अराजकताको अन्त्यको पक्षमा विगत देखिनै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहेको बताउँनुभएको छ ।
यसअघि उपप्रधानमन्त्री सिंहले जैन तेरापन्थ धर्म सङ्घका आचार्य महाश्रमणलाई भारतीको रक्सौलबाट स्वागत गरेर वीरगन्ज ल्याउनुभएको
थियो भने आचार्य महाश्रमणको उक्त पदयात्रा आगामी वैशाख ७ गते वीरगन्जबाट राजधानी पुग्ने कार्यक्रम रहेको पनि समाचारमा उल्लेख गरिएको छ ।
त्यस्तै कार्यक्रममा आचार्य महाश्रमणले प्रवचन वानीसहित समाजको उन्नयनका लागि नैतिकता एक महत्वपूर्ण साध्य भएको बताउँदै समाजका सवै प्राणिले आ आफ्नो नैतिक दायित्वको बोध सहित क्रियाशील हुँन आवश्यक रहेका पक्षमा विशेष जेड दिनुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । तस्विर: युपी लामिछाने