काठमाडौ चैत्र १३, नेपाल प्रेस युनियनले काँग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका स्व गिरिजाप्रसाद कोइरालाको पाँचौँ स्मृति
दिवसको अवसरमा आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको संविधान निर्माण र गिरिजाबाबु’ विषयक प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशील कोइरालाले संविधान जारी भए लगत्तै प्रधानमन्त्री पद त्याग्ने उद्घोष सहित संविधान निर्माणको सवालमा सहमति हुन नसके प्रक्रियागतरुपमानै संविधान निर्माण गर्नुको विकल्प नरहेको बताउनुभएको छ ।
त्यस्तै उहाँले सहमति, मेलमिलाप र एकता गराउनेतर्फ पत्रकारका कलम केन्द्रीत हुनुपर्ने उल्लेख गर्दै संविधान जारी भएलगत्तै आफूले विश्राम लिने अभिव्यक्तिदिदै उहाँले प्रेस युनियन जुम्ला शाखाका सभापति एलपी देवकोटाको कर्णालीको पत्रकारितामा एक दशक र नवलप्रसाद शास्त्रीद्वारा लिखित नेपालको झन्डा विषयक दुई कृतिको विमोचनसमेत गर्नुभएको थियो ।
प्रस्तुत प्रवचन कार्यक्रममा काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला, वरिष्ठ पत्रकार हरिहर विरही, युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, महासचिव अजयबाबु शिवाकोटी, उपाध्यक्ष ईश्वरी ओझालगायतले स्व कोइरालाका सम्बन्धमा आ–आफ्नो धारणा राख्नुभएको थियो प्रवचन कार्यक्रम युनियनका अध्यक्ष बद्री सिग्देलको सभापतित्वमा सम्पन्न भएको थियो ।