काठमाडौ चैत्र १०, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आगामी चैत १८ गतेका लागि घोषित गरेको ‘नेपाल बन्दको कार्यक्रम फिर्ता लिएको छ । गत चैत ६ गतेका लगानी बोर्डका कार्यकारी निर्देशक राधेश पन्तको निवास घेराउको क्रममा पक्राउ परेका आफ्ना नेता कार्यकर्ता रिहाईको माग गर्दै सो पार्टीले यस अघि बन्द आह्वान गरेको थियो । पक्राउ नेता कार्यकता रिहाई भएका कारण बन्द फिर्ता लिइएको महासचिव चन्दद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।