काठमाडौ फागुन २१, विगतका वर्षहरुमा भन्दा यस वर्ष उपत्यकामा होलीका नाममा हुने गरेका विकृतिहरु निकै कम भएको सबैले महसुस गरिएको छ । यसपटक ट्राफिक प्रहरीको कडा सुरक्षा चेकचाँजका कारण मोटरसाइकलमा तीन–तीन जनासम्म चढ्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने प्रवृति रेकिएको छ भने होली मनाउने नाममा मादकपदार्थ सेवन गरी चलाइएका ५०० मोटरसाइकल तथा नौवटा कारलाई ले नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँलेजनाएको छ ।