सोमवार, चैत्र ६, २०७९

लोकतान्त्रिक संविधान जारी गर्नुनै गिरिजाबाबुप्रति सच्चा श्रद्धाञ्जलि : उप्रप्रम सिंह

 काठमाडौं चैत्र ८ , प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष स्व गिरिजाप्रसाद कोइरालाको पाँचौँ स्मृति दिवसका अवसरमा नेपाल प्रेस युनियन मोरङले आज gpएक विशेष कार्यक्रमका वीच तीनजना पत्रकारलाई गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको छ ।

नेपाली काँग्रेसका महामन्त्री समेत रहेका नेपाल सरकार उप्रधानमन्त्री प्रकाशमान सिंहको प्रमुख अतिथ्यतामा आयोजित उक्त कार्यक्रममा क्रमस रु १५ हजार राशिको गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कारबाट अन्नतराज न्यौपाने, रु १० हजार राशिको गिरिजाप्रसाद युवा पत्रकारिता पुरस्कारबाट हरि कोइराला र रु १० हजार राशिको गिरिजाप्रसाद नारी पत्रकारिता पुरस्कारबाट उमा पोखरेल सम्मानित गर्दै उहाँले मुलुकमा जारी संक्रमणकालको अन्त्य गर्दै शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पु-याएर्र लोकतान्त्रिक संविधान जारी गर्नसके गिरिजाबाबु प्रति सच्चा श्रद्धाञ्जलि हुने धारणा व्यक्त गर्दै मुलुकमा आन्दोलनको नभई सहकार्य र सहमतिको जरुरी रहेको बताउँनु भएको छ ।

कार्यक्रममा नेपाली काँग्रेस मोरङका अध्यक्ष एवम् सभासद् अमृत अर्याल, प्रेस युनियन मोरङका अध्यक्ष मीनकुमार , पत्रकार कुमोद अधिकारी र नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष महेन्द्र विष्टलगायतका वक्ताहरुले गिरिजाबाबुको व्यक्तित्वमाथि प्रकाश पार्नुभएको थियो । फोटो:युपी लामिछाने 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728