ललितपुर फागुन १८, विश्व शान्तिको कामन सहित काठमाडौँ उपत्यकाका तीनै जिल्लाका दीपङ्कर तथागतहरूलाई आमन्त्रण गरी आज लगनखेलमा सम्यक
महादानपर्व सम्पन्न गरिएको छ । महादानपर्वमा राष्ट्र प्रमुखको उपस्थिति रहने परम्पराअनुसार आज राष्ट्रपति डा.रामवरण यादव सो महादान कार्यक्रममा उपस्थित हुनुभएको थियो । उहाँले त्यसअवसरमा त्यहाँ उपस्थित गराइएको स्वयम्भू महाचैत्यको दर्शन गरी त्यसको पूजा अर्चना गर्नुभएको थियो ।
प्रतिकूल मौसमका वावजुद पनि भक्तजन लामबद्व भएर दीपङ्कर तथागतको दर्शन र दान प्रदान कार्यक्रममा उत्साहपूर्वक सहभागी भएका थिए ।