सोमवार, चैत्र ६, २०७९

राष्ट्रपति डा यादव बोआओ मञ्चमा भाग लिन आज चीन जाँदै

काठमाडौ चैत्र १२,  राष्ट्रपति डा रामवरण यादव चीन सरकारको निमन्त्रणामा चीनको दक्षिणी प्रान्त हाइनानको बोआओ सहरमा यही चैत १२ देखि १५ गतेसम्म आयोजना हुने ‘एसियाका लागि बोआओ मञ्च’को वार्षिक सम्मेलनमा भाग लिन आज चीन हुनुहुन्छ । राष्ट्रपति डा यादवले यही चैत १४ गते बिहान उक्त सम्मेलनलाई सम्बोधन गर्ने तथा सोही दिन अपराह्न आफ्नो चिनियाँ समकक्षी राष्ट्रपति सि जिनपिङसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डल हाइनान प्रान्तको सान्या सहर पुग्नेछ । एकदिने सान्या बसाइका क्रममा राष्ट्रपतिले आरका भ्याली लाइभ म्युजियम कल्चरल हेरिटेज पार्क एन्ड अब्जर्भेसनको अवलोकन गर्नाका साथै नान्सा रमणीय उद्यानको भ्रमण गर्ने कार्यक्रम छ ।

मन्त्रालयका अनुसार चीन भ्रमणक्रममा राष्ट्रपति डा यादव नेपाली प्रतिनिधिमण्डलको हित हाइनान प्रान्तको सान्या सहर पुग्नेछ । त्यस्तै शुक्रबार नै राष्ट्रपति डा यादवले उक्त उद्यानमा नेपाल चीन सांस्कृतिक केन्द्रमा नेपालमण्डपको उद्घाटन गर्नुहुनेछ भने शनिबार बिहान सम्मेलनस्थल बोआओतर्फ प्रस्थान गर्नुहुनेछ । सोही दिन १५ वर्षअघि स्थापित क्षेत्रीय आर्थिक एकीकरण प्रवद्र्धन तथा एसियाली मुलुकलाई उनीहरूको विकास लक्ष्यमा अझ निकट ल्याउने उद्देश्यले चीनको अगुवाइमा स्विट्जरल्यान्डको डाभोसमा स्थापित बोआओ सम्मेलनलाई सम्बोधन गर्ने र त्यसपछि चिनियाँ राष्ट्रपतिले सिले आयोजना गर्ने दिवाभोजमा सहभागी हुनुहुने भएको छ ।

त्यसपछि राष्ट्रपति यादव र अस्ट्रियाका राष्ट्रपति डा हेनिज फिस्चर तथा स्विडेनका प्रधानमन्त्री स्टेफन लफभेनसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । सोही दिन साँझ राष्ट्रपति डा यादव र उहाँका चिनियाँ समकक्षी सिबीच भेटवार्ता हुनेछ ।  राष्ट्रपति नेतृत्वको १८ सदस्यीय प्रतिनिधिमण्डलमा राष्ट्रपतिकी सुपुत्री अनिता यादव, सहरी विकासमन्त्री डा नारायण खड्का, राष्ट्रपतिका सल्लाहकारद्वय सूर्यप्रसाद ढुङ्गेल र हरि शर्मा, राष्ट्रपतिको कार्यालयका सचिव अनुपकुमार उपाध्याय, चीनका लागि नेपाली राजदूत महेशकुमार मास्के, परराष्ट्र मन्त्रालयका कामु सचिव शङ्करदास वैरागी र सहसचिव झवीन्द्र अर्याल, राष्ट्रपतिका स्वकीय सचिव ललितबहादुर बस्नेत, स्वकीय चिकित्सिक डा यादवकुमारदेव भट्ट, शिष्टाचार महापाल अर्जुनकान्त मैनालीलगायत हुनुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728