काठमाडौ चैत्र १४, प्रत्येक वर्ष चैत शुक्ल नवमी अर्थात रामनवमीका अवसरमा आज मारवाडी समुदायले आफ्नो कुल देवताका रूपमा वनभौरी माताको विशेष पूजा गरेको छ । यसअघि भद्रकालीबाट द्वितीय नवरात्रि कलशयात्रा सहित राजधानीको रञ्जनाहल परिसमा स्थित मारवाडीे सेवा समितिको प्राङगणमा भेला भएर उनिहरुले कुलदेवीको स्मरण गर्दै भजन कीर्तन र पूजा गरेको हो ।
त्यस अवसरमा सांस्कृतिक बाजागाजासहित निकालिएको शोभा यात्रामा वनभौरी माताको महत्व झल्कने प्रचार सामग्री तथा झन्डासमेत फहराइएको थियो ।