शुक्रबार, चैत्र १७, २०७९

यस्तो छ प्रधानमन्त्री कोइरालाद्दारा होली र तोरन्ल पर्वको अवसरमा अभिव्यक्त शुभकामना

काठमाडौ फागुन २१, प्रधानमन्त्री सुशील कोइरालाले होली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र Sushil-Koirala2 (1)समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । प्रम कोइरालाले शुभकामना सन्देशमा असत्यमाथि सत्य र खराबमाथि असल पक्षको विजयको रुपमा लिइने होली पर्व मुलुकभर हर्षोल्लासपूर्वक मनाइने राष्ट्रिय पर्व भएको बताउँदै हाम्रा चाडपर्वहरूले विविधतायुक्त नेपाली समाजमा सद्भाव बढाउदै आएको उल्लेख गर्नु भएको छ

यसैवीच प्रधानमन्त्री कोइरालाले थकाली समुदायको महान पर्व ‘तोरन्ल’ को अवसरमा शुभकामना व्यक्त गर्दै समस्त थकाली समुदायका दिदी बहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक गर्नुभएको छ ।  त्यस्तै शुभकामना सन्देशमा उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक राष्ट्र भएको उल्लेख गर्दै नेपालमा बसोबास गर्ने विभिन्न जात–जातिका आ–आफ्ना मौलिक जातीय, भाषिक, सांस्कृतिक र धार्मिक परम्परा हाम्रा राष्ट्रिय पहिचान भएको उल्लेख गर्दै  नेपाली भूभागमा बस्ने समस्त नेपालीहरू बीचमा शदिऔंदेखि रहदै आएको पारस्परिक सद्भाव र सहयोगको भावना नै हाम्रो राष्ट्रिय एकताको आधारका रुपमा विकसित हुँदै आएका सन्देशमा उल्लेख गर्नुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728