शनिबार, चैत्र १८, २०७९

महिला शशक्तिकरणको अभियानमा एक जुट हुन प्रधानमन्त्री कोइरालाको आग्रह

काठमाडौं फागुन २४,   आज १०५ औं अन्तर्राष्ट्रिय महिला दिवस, “मेक इट ह्यापेन” भन्ने विश्व नाराका साथविभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदै छ । यसै क्रमम create_thumbप्रधानमन्त्री सुशील कोइरालाले दिवसको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्दै दिनुभएको शुभकामना सन्देसमा महिला हिसां अन्त्यका लागि शुन्य सहनशिलताको निति अबलम्वन गर्दै  महिला शशक्तिकरणको अभियानमा एक जुट हुन आग्रह गर्नु भएको छ ।

त्यस्तै सन्देशमा प्रधानमन्त्री कोइरालाले संविधानसभाले अब बनाउने संविधानमा समेत महिलाका अधिकार सुरक्षित गरिने विश्वास दिलाउँदै प्र अन्तर्राष्ट्रिय महासन्धिहरूमा गरिएको प्रतिवद्धताअनुसार महिला केन्द्रीत नीति, कानून, योजना, संरचना र कार्यक्रम तर्जुमा गरी उपलब्ध स्रोत तथा साधनको अधिकतम प्रयोग गरेर महिलाको जीवनस्तर माथि उठाई सन्तुलित, समुन्नत र सुखी समाज निर्माण गर्न प्रयासरत रहेको उल्लेख गर्नु भएको छ।

साथै नेपलको अन्त्रिम संविधान २०६३ ले कुनै पनि नेपालीलाई लिङ्ग, धर्म, जातजाति वा बसोबासको आधारमा भेदभाव नगरिने तथा महिला विरुद्धको हिंसालाई दण्डनीय अपराधको रूपमा लिने कानूनी व्यवस्था भएको स्मरण गराउँदै राज्यले लैङ्गिक हिंसा अन्त्य तथा लैङ्गिक सशक्तीकरण सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना २०६९” तर्जुमा गरी कार्यान्वयनमा ल्याइसकेको उल्लेख छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728