काठमाडौं फागुन २४, अन्तर्राष्ट्रिय पत्रकार महासङघ (आइएफजे) १०५ औं अन्तर्राष्ट्रिय नारीदिवसको अवसरमा सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनले नेपाली मिडियामा महिला सहभागिता बढ्दै गए पनि महिलामैत्री नीति र व्यवस्थाको अभावमा महिला पत्रकारहरुले
लैगिङ्ग समानताको अनुभूति गर्न नपाएको अवस्थाको यर्थात चित्रण गर्दै नेपाली मिडियामा महिलाको समान सहभागिताका लागि महिलामैत्री नीति र अभ्यास अवलम्बन गर्न, यौन तथा अन्य दुर्व्यवहार कम गर्न कार्यक्षेत्र नीति लागू गरि उजुरी गर्ने व्यवस्था गर्न र पुरुष पत्रकारहरुलाई पनि लैगिङ्ग समानताका मुद्दामा कार्य गर्न सुझाव दिएको छ ।
नेपाल पत्रकार महासङघको सहभागितामा गरिएको सो अध्ययनले महिला पत्रकारहरुले विभेद र कार्यस्थल भित्र बाहिर अझै दुर्व्यवहार भोग्नु पर्ने अवस्था रहेपनि मिडियामा लैगिङ्ग समानताका प्रगति भएको उल्ल्ख गर्दै । नेपाल सहित भारत, श्रीलंका, पाकिस्तान, मलेसिया, क्याम्बोडिया र भनुअटुमा गरिएको सर्वेक्षणको प्रतिवेदनका लागि नेपालका तर्फबाट महासङघका उपाध्यक्ष अनिता बिन्दुले अनुसन्धान गर्नुभएको थियो भने शुभेच्छा बिन्दुले मिडिया सामग्रीको विश्लेषण गर्नुभएको महासङघका सचिव संगीता खड्काद्दारा जारी प्रेस विज्ञप्मिा उल्लेख रहको छ ।
त्यस्तै विज्ञप्तिमा मिडियामा कार्यरत १सय भन्दा भन्दा बढि नेपाली पत्रकारहरुको सहभागिता रहेको उक्त सर्वेक्षणमा सर्वेक्षण, अन्तर्वार्ता र सामग्री विश्लेषणबाट गरिएको र अध्ययन सर्वेक्षणमा सहभागी मध्ये झण्डै एक चौथाई पत्रकारहरुले कार्यक्षेत्रमा यौन दुर्व्यवहार भोगेको र देखेको र झण्डै एक तिहाइ महिला पत्रकारले अन्य दुर्व्यवहार भोगेको अभिव्यक्ति उल्लेख रहेको छ । त्यस्तै प्रतिवेदनमा नेपाली मिडियाको निर्णायक स्थानमा महिला पत्रकारहरुको उपस्थिति नगण्य रहेको, महिला पत्रकारहरुको व्यवसायिक सुरक्षाको स्थिति कमजोर रहेको र व्यवसायिक क्षमतावृद्भि एंवम निर्णायक स्थानमा पुग्न महिलामैत्री नीति र अभ्यास नरहेको उल्लेख गरेको छ ।
महासङघका अध्यक्ष डा.विष्टद्दारा शुभकामना:
यसै वीच नेपाल पत्रकार महासङघका अध्यक्ष डा.महेन्द्र विष्टले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सवै पत्रकार महिलाहरुलाई शुभकामना दिँदै नेपाली पत्रकारिता र पत्रकार महासंघको नेतृत्वमा महिला पत्रकारको संख्यात्मक र गुणात्मक उपस्थिति बढाउन एवं सञ्चार प्रतिष्ठानलाई लैङ्गिकमैत्री बनाउन महासंघले थप मेहनत गर्ने बताउनुभएको छ । अहिले नेपाली पत्रकारितामा खासगरी महिलाको आकर्षण बढाउन र त्यसमा उनीहरुलाई टिकाइरहन पत्रकारको पेशागत तथा भौतिक सुरक्षा, समाचारकक्षमा उपयुक्त वातावरण र प्रोत्साहनको जरुरी रहेको उल्ल्ख गर्नुभएको छ।
आइएफजेको अध्ययनको पूर्ण प्रतिवेदनको लागि यहाँ क्लिक गर्नुहोला ।