काठमाडौ चैत्र १०, मिडिया एड्भोकेसी ग्रुपले आज राजधानीमा आयोजना गरेको महिला र संविधान हामी काहाँ छौं ,विगतको समिक्षा र आगामी बाटो
विषयक अन्तक्र्रियामा एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रिया र जनआन्दोलनका सहयात्री दल मिलेर संविधानसभाबाट संविधान जारी गर्नुको विकल्प नभएको बताउँदै प्रस्तावित संविधानमा महिलाको हकअधिकार प्रत्याभूतिका लागि महिला अधिकार आयोग सहित १२ बँुदा लिपिबद्ध भईसकेको जानकारी दिनुभएको छ ।
त्यस्तै नेपाली काँग्रेस सभासद् रमेश लेखकले प्रस्तावित संविधान महिलामैत्री हुनुपर्ने बताउँदै समाजमा पछाडि परेका हरेक वर्ग र तप्काको अधिकार नयाँ संविधानमा लिपिबद्ध गर्न काँग्रेस हरसंभव प्रयास गर्न लागि परेको बताउँनु भएको छ ।
अधिवक्ता इन्दु तुलाधरले महिला र संविधान हामी काहाँ छौं ,विगतको समिक्षा र आगामी बाटो विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा एमालेका सभासद् भानुभक्त ढकालले समाजमा महिलामाथि बढ्दै गएको हिंसा र बलात्कारको घटनाले थप चुनौती सिर्जना गरेको बताउँदै महिलाको हक अधिकारका लागि कुरामात्र नभएर व्यवाहरिकतामा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
त्यस्तै गरि रामहरि खतिवडा ,अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष मिना पाण्डे लगायत करिव आधादर्जन भन्दा बढि महिला सभासदहरुले अब बन्ने संविधान महिलामैत्री हुनुपर्नेमा जोड दिदै महिला अधिकारका पक्षमा वकालत गर्नुभएको थियो । मिडिया एड्भोकेसी ग्रुपका अध्यक्ष बविता बस्नेतको अध्यक्षताम सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष बस्नेतले पनि महिलाको हक अधिकारका लागि कुरामात्र नभएर अधिकारको प्रत्याभूतका लागि व्यवाहारिक रुपमानै अव बन्ने संविधान महिलामैत्री बनाउँन सवैले आ(आफ्नो तह र तप्काबाट योगदान गर्नु आवश्यक रहेको बताउँनु भएको थियो ।