आइतवार, साउन २९, २०७९

मन्त्रिपरिषद्को बैठक : सरकारका सचिवहरूको सरुवा र पदस्थापना

काठमाडौ फागुन २०,  मन्त्रिपरिषद्को आजको बैठकले सरकारका केही विशिष्ट श्रेणीका अधिकृत र सचिवको सरुवा तथा भर्खरै विशिष्ट श्रेणीमा पदोन्नति भएका 16सचिवहरूको पदस्थापना गर्ने निर्णय गरेको छ ।  यसरी पदस्थापना गरिएका सचिवमा नारायणगोपाल मलेगु र प्रेमकुमार राईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उत्तमकुमार भट्टराईलाई कृषि विकास मन्त्रालय, जयमुकुन्द खनाललाई उद्योग मन्त्रालय र खुमराज पुञ्जालीलाई शान्ति तथा पुनःनिर्माण मन्त्रालयमा पदस्थापना गरिएको छ भने सञ्चारमन्त्रालयको सचिवमा सुनिलबहादुर मल्ल, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवमा ङइन्द्रप्रसाद उपाध्याय, सार्वजनिक खरिद अनुगमन कार्यालयको सचिवमा टङ्कमणि शर्मा, रक्षा मन्त्रालयको सचिवमा ईश्वरीप्रसाद पौड्याल, नेपाल ट्रष्टको कार्यालयको सचिवमा नरबहादुर रजावर र रमेशकुमार शर्मालाई राष्ट्रिय सर्तकता केन्द्रको सचिवमा पदस्थापना गरिएको सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता डा मीनेन्द्र रिजालले जानकारी दिनुभएको छ ।

त्यस्तै बैठकले जल तथा ऊर्जा आयोगको सचिवमा गजेन्द्रकुमार ठाकुर, राष्ट्रिय सूचना आयोगको सचिवमा लक्ष्मणप्रसाद मैनाली, सामान्य प्रशासन मन्त्रालयको सचिवमा राजन खनाल, अर्थमन्त्रालयको सचिवमा नवराज भण्डारी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवमा श्रीधर सापकोटालाई पदस्थापना गरिएको छ ।

यस्तैगरी क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतको प्रशासकमा विजयकुमार मल्लिक, क्षेत्रीय प्रशासन कार्यालय धनकुटाको प्रशासकमा सुरेशप्रकाश आचार्य, क्षेत्रीय प्रशासन कार्यालय सुदूरपश्चिमाञ्चलको प्रशासकमा शरदराज विष्ट, क्षेत्रीय प्रशासन कार्यालय मध्यमाञ्चलको प्रशासकमा रामकुमार आचार्य र क्षेत्रीय प्रशासन कार्यालय पोखराको प्रशासकमा दिनेशकुमार थपलियालाई पदस्थापना गरिएको सञ्चारमन्त्री डा रिजालले जानकारी दिदै उहाँले असाधारण क्षमता भएका चार वर्षीय बालक आदित्य दाहाललाई उपयुक्त स्थानमा औषधि उपचार गराउन बढीमा रु २५ लाख र सँगै जाने दुई जनाका लागि आउन जाने टिकटको खर्चसमेत सरकारले उपलब्ध गराउने निर्णय भएको पनि जानकारी दिनुभएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728