सोमवार, चैत्र १३, २०७९

बालिका पूजा साहको बलात्कारीलाई कारबाहीको माग गर्दै -याली

काठमाडौ फागुन २७, महिला कानुन र विकास मञ्च, नेपाल महिला सङ्घ, अन्तरपार्टी महिला सञ्जाल, माइती नेपाल ,अखिल नेपाल महिला सङ्घ, महिला सुरक्षा दबाब a bसमूह, चाइल्ड नेपाल, नेपाल बाल मजदुर परोपकार केन्द्र, सङ्कल्प, महिला कानुन विकास मञ्च, विकल्प ज्ञान तथा विकास केन्द्र नेपाल लगायतका सङसंस्थाले आज राजधानीमा कलैयाकी छ वर्षिया बालिका पूजा साहको बलात्कृत भएको १६ दिनपछि आइतबार निधन भएपछि त्यसको विरोधमा दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै ¥याली निकालिएको छ ।

भद्रकालीबाट सुरु भई सुन्धारा, न्युरोड गेट हुँदै बसन्तपुरमा पुगेर कोण सभामा परिणत भएको उक्त -यालीमा एमाओवादीका नेता डा बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, हिसिला यामी, नेपाली काँग्रेस महिला विभाग प्रमुख मीना पाण्डे, नेपाली काँग्रेस केन्द्रीय सदस्य कमला पन्त, मानवअधिकारकर्मी सुशील प्याकुरेल, माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, महिला, कानुन र विकास मञ्चकी अध्यक्ष सपना मल्ल प्रधानलगायतको उपस्थित रहेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728