काठमाडौ फागुन १९, १०५ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा ग्रामिण महिलाहरुको प्रभावकारी सहभागिता रहेको डब्लुडब्लुएफ नेपाल ‘हरियो बन’ कार्यक्रमसङगको सहकार्यमा मिडिया
एड्भोकेसी ग्रुप (म्याग) द्दारा आयोजित प्राकृतिक श्रोत संरक्षणको क्षेत्रमा महिला नेतृत्वः उपलब्धि, सफलता र चुनौतीहरु” विषयक अन्र्तक्रिया कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो
कार्यक्रममा प्राकृतिक स्रोत संरक्षण एवम् महिला सशक्तीकरणका क्षेत्रमा महत्वपूर्ण योगदान पु-याएका चार व्यक्तित्व क्रमस राधा चौधरी(बर्दिया) र यमबहादुर घले (मनाङ) सावित्रा पुन (बाँके) र लौटन थारु बर्दिया लाई लाई परिवर्तनका संवाहकको प्रारुपमा सम्मान गरिएको थियो ।
महिला बालबालिका तथा समाजकल्याण मन्त्री निलम केसीले महिला सशक्तीकरणका सम्बन्धमा विभिन्न चरणमा सम्झौता भएपनि त्यसको कार्यान्वयनपक्ष आफैमा कमजोर भएका कारण आशातित सफलता पाउँन नसकेको अवस्थामा परिवर्तनका संवाहकको प्रारुपमा आज सम्मानीत हुँनु भएका व्यक्तिहरुले यावत व्यवधानका वावजुद पनि वन क्षेत्रमा संलग्न महिलाको सुरक्षा, सशक्तीकरण एवम् क्षमता अभिवृद्धिकोक्षेत्रमा अदम्य साहस प्रदर्शन गरेको बताउँदै उहाँहरुलाई सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष धर्मेन्द्र झाले कार्यपत्र प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष खिलाबहादुर भण्डारी, मिडिया एड्भोकेसी गु्रपकी अध्यक्ष बबिता बस्नेतले प्राकृतिक स्रोत साधनको संरक्षणलाई प्रभावकारी बनाउने काममा महिला वर्गले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने र यस क्षेत्रमा व्याप्त यावत चुनौतिलई पनि अवसरको रुपमा ग्रहण गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिनु भएको थियो ।