बिहिबार, मंसिर १४, २०८०
Dashain

प्यूठान बम विस्फोटबारे बुझ्न युनियनद्दारा मिसन टोली गठन

काठमाडौ चैत्र १२,   नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद प्रमोद पोखरेलकी आमा नमादेवी पोखरेलको बम विस्फोटमा परी निधन भएको घटनाको press unionवास्तविकता बुझ्न युनियनले एक मिसन टोली गठन गरेको छ । घटनाको यथार्थ बुझेर प्रतिवेदन तयार पार्न युनियनले आज उपमहासचिव प्रेम केसीको संयोजकत्वमा सचिव केबी राना र मध्य पश्चिम क्षेत्रीय संयोजक देवेन्द्र बर्मा सदस्य रहेको मिसन टोली गठन गरेको हो ।

नमादेवी पोखरेलको यही चैत ५ गते प्यूठानको ओखरकोट गाविसस्थित आहालखोलामा बम विष्फोटमा परी निधन भएको थियो । उक्त घटना षडयन्त्रपूर्वक भएको आरोप लगाउँदै परिवारजनले छानबिनका लागि सरकारसँग माग गरेका छन् । त्यस्तै युनियनको बैठकले मृतक पोखरेलप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728