शनिबार, चैत्र १८, २०७९

प्यूठान घटनाको निष्पक्ष छानबिनको माग

काठमाडौं चैत्र १४,  नेपाल पत्रकार महासङघले प्यूठान शाखाका निर्वतमान उपाध्यक्ष प्रमोद पोखरेलकी आमा नमादेवी पोखरेलको निधन प्रति दु :ख व्यक्त FNJ_logo2गरेको छ ।   महासङघले आज एक प्रेस विज्ञप्ति जारी गर्दै महासङघ प्यूठान शाखाका निर्वतमान उपाध्यक्ष प्रमोद पोखरेलका आमा नमादेवीको गत चैत ५ गते दाउरा लिन जंगल जाँदै गर्दा प्यूठानको आखरकोट गाविस–५ आहालखोला विष्फोटन पदार्थ पड्किएर निधन भएकोमा स्वर्गीय पोखरेलप्रति श्रद्धाञ्जली अर्पण गर्दै दुःख व्यक्त गरेको हो ।

त्यस्तै महासचिव उजिर मगरद्दारा जारी विज्ञप्तिमा विष्फोटक पदार्थ पड्किएर भएको उक्त घटना आफैमा शङकास्पद देखिएकोले घटनाको निष्पक्ष र स्वतन्त्र छानबिन गरी दोषीमाथि कारबाही र पीडित परिवारलाई सम्मानजनक र उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसङग माग गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728