बुधबार, चैत्र १५, २०७९

पूर्वाग्रही ढङ्गले पत्रकारद्वयलाई लगाइएको मुद्दा तत्काल फिर्ता गर:महासङघ

काठमाडौं फागुन १८, नेपाल पत्रकार महासङघ बाँके शाखा सचिव तथा सगरमाथा टेलिभिजनका समाचारदाता तिलक गाउँले र माउण्टेन टेलिभिजनका सम्वाददाता एवं FNJ_logo2महासंघ बाँके शाखाकै सदस्य क्षेत्रनाथ देवकोटालाई प्रहरीले समाचारको फुटेज नदिएको भन्दै सार्वजनिक अपराध सम्बन्धी मुद्दा दर्ता गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको  जनाएको छ ।

महासङघले आज जारी विज्ञप्तिमा २०७१ माघ २३ गते नेपाल प्रहरीका सई सुमन खरेललाई अख्तियारले घुससहित समातेको र रिपोर्टिङ्गका क्रममा पत्रकारद्वय गाउँले र देवकोटाले घटनास्थल पुगी फोटो खिँचेपछि प्रहरीले अनुसन्धानका लागि फुटेज माग गर्दा नदिएको कारण २०७१ माघ २६ गते पूर्वाग्रही ढंगले मुद्दा दर्ता गरिएको पीडित पत्रकारद्वयको भनाईलाई उदृत गर्दै  संविधानले प्रत्याभूत गरेको अधिकारको सदुपयोग गर्दै स्वतन्त्रतापूर्वक आफ्नो पेशागत दायित्व निर्वाह गर्ने पत्रकारलाई फुटेज नदिएको वहानामा सार्वजनिक मुद्दा लगाइनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र राज्यशक्ति चरम दुरुपयोग भएको ठहर गरिएको छ ।

महासङघका सचिव प्रभात चलाउनेद्दारा जारी उक्त विज्ञप्तिमा आफ्नो पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारलाई लगाइएको मुद्दा तत्काल फिर्ता लिई संविधानले प्रेसलाई प्रत्याभूत गरेको अधिकारको सम्मान गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै अन्यथा पेसागत स्वतन्त्रता र संविधानप्रदत्त अधिकारका लागि आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएको छ ।

यसैवीच प्रेस चौतारीका महासचिव माधव नेपालले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा समाचार सङ्कलनका क्रममा घटनास्थल पुगेका press-chautariपत्रकारद्वय देवकोटा र गाउँलेलाई प्रहरीले अनुसन्धानका लागि फुटेज माग गर्दा नदिएकै कारण पूर्वाग्रही ढङ्गले मुद्दा दर्ता गरेकोमा आपत्तीप्रकट गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  साथै पूर्वाग्रही ढङ्गले मुद्दा दर्ता गरिएको मुद्धा फिर्ता नगरिए पेसागत स्वतन्त्रता र संविधानप्रदत्त अधिकारका लागि आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि चौतारीले दिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728