सोमवार, चैत्र ६, २०७९

पूर्वप्रम थापाको निवासमा दलका शीर्षनेताहरुको विशेष जमघट

सहमतिका आधारमा संविधान जारी गर्नु पर्ने प्रसङगमा शीर्षनेताहरू गम्भीर  :

संविधान जारीको लागि नयाँ मिति तय गर्ने सहमत:

काठमाडौ फागुन २२, संविधानका विवादित विषयमा सहमति जुटाउने उद्देश्यका साथ राजनीतिक दलका शीर्षनेताहरू पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सूर्यबहादुर थापा निवास राजधानीको मालिगाउँमा भएको छलफलमा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निवास मालीगाउँमा आज साँझ आयोजना गरिएको रात्रिभोज सहितको छलफलमा प्रमुख राजनीतिक दलका शीर्षनेताहरू संविधान जारी गर्ने नयाँ मिति घोषणा गर्न सहमत भएको बुझिएको छ ।  त्यस्तै छलफलमा मुलुकलाई लामो समयसम्म अनिर्णयको बन्धक बनाउँन नहुँनेमा एकमत हुँदै सहमतिका आधारमा संविधान जारी गर्नु पर्ने प्रसङगमा समेत शीर्षनेताहरू गम्भीर रुपमा प्रस्तुत भएको समाचार स्रोतले जनाएको छ ।

थापा निवासमा आयाजित छलफल तथ रात्रीभोजमा नेपाली काँग्रेसका सभापति प्रधानमन्त्री सुशील कोइराला, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधवकुमार नेपाल, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार, तमलोपाका अध्यक्ष महन्त ठाकुर, राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणा, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो लगाएतका नताहरुको बाक्लो उपस्थितीरहेको थाहा भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728