मौसमी फूलका स्टलसङगै नक्कली फूलका सामाग्री समेतको प्रदर्शनी
काठमाडौ चैत्र ९, फ्लोरिकल्चर एशोसिएशन नेपाल फ्यान को आयोजनामा राजधानीको भृकुटीमण्डपमा जारी मा १८औं पुष्पव्यापार मेलामा अवलोकन
कर्ताहरुको घुईचो दिनानुदिन बढ्दो रहेको छ । ‘स्वच्छ वातावरण र आर्थिक सम्बृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नाराका सरुगरिएको उक्त मेलामा मौसमी फूल, आलंकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइ फ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, कृषिऔजारको प्रदर्शनी तथा विक्री कक्ष रहेको छन।
साथै मेलामा सहभागि भएका बिभिन्न नर्सरी व्यवसायीहरुद्वारा उत्पादित फूल बिरुवाको स्वच्छ प्रतिस्पर्धा गराई विभिन्न बिधाहरुमा प्रथम हुने पुष्प व्यवसायीलाई नगद, सिल्ड तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने कार्यक्रम रहेको उक्त मेलामा व्यवसायिक मौसमी फूलका स्टलसङगै नक्कली फूलका सामाग्रीहरुसमेतको प्रदर्शनी गरिएको छ भने मेला भोलिसम्म जारी रहने बुझिएको छ।