शुक्रबार, चैत्र १७, २०७९

पत्रकार महासङ्घ स्थापनाकालको ६०औं वर्षमा

अभिव्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारको हकहितका लागि  निरन्तर लागि रहने अध्यक्ष डा .विष्टको प्रतिबद्धता

काठमाडौ चैत्र १५, नेपालका पत्रकारहरूको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घ सोमवारबाट ६० औँ वर्षमा प्रवेश गर्दैछ । स्थापनाकालको ६० औँ वर्ष FNJ_logo2प्रवेशका गरेको अवसरमा देशभरका पत्रकारमा हार्दिक शुभकामना तथा बधाइ ज्ञापन गर्दै महासङ्घका अध्यक्ष डा।महेन्द्र विष्टले जारी गर्नुभएको प्रेसविज्ञप्तिमा मुलुकमा नागरिक अधिकार, पत्रकारिताको विकास, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारको हकहितका लागि अग्रजहरूले देखाएको मार्गमा अविचलित भई निरन्तर लागि रहने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

त्यस्तै विज्ञप्तिमा उहाँले मुलुकमा लोकतान्त्रिक संविधान निर्माणको चुनौती रहेको विद्यमान अवस्थामा नेपालकै अगुवा नागरिक संस्थाका रूपमा रहेको महासङघको भूमिका अझ बढेको महसुस भएको उल्लेख गर्दै पत्रकारहरूको भौतिक एवम् पेशागत सुरक्षा चुनौतीपूर्ण रहेको जनाउँदै महासङ्घले जनताको सूसुचित हुने अधिकार प्रत्याभूत गर्न कार्यक्षेत्रमा खटिएका सञ्चारकर्मीको सुरक्षामा गम्भीर हुन कानुन कार्यान्वयन गर्ने निकायसँग अनुरोध सहित श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयनकालागि महासंङघले निजी र सरकारी सञ्चारमाध्यमको व्यवस्थापन पक्ष र सकारसङग श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा गम्भीर हुन पुनः आग्रह गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728