मङ्लबार, अशोज १६, २०८०

पत्रकार महासङघको ६० औं स्थापना दिवसको अवसरमा रक्तदान

काठमाडौं चैत्र १५,   नेपाल पत्रकार महासङघको ६० औं वार्षिक उत्सवको अवसरमा नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाको संयोजनमा जिल्ला शाखाको कार्यालय भृकुटीमण्डपमा आज वृहत खुल्ला र रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

IMG_9296sjh_eventPHotograpHY_blood donation patrakar mahasangh ktm 071 IMG_9298sjh_eventPHotograpHY_blood donation patrakar mahasangh ktm 071पत्रकार महासङघका केन्द्रीय अध्यक्ष महेन्द्र विष्टले रक्तदान गरेर कार्यक्रमको उदघाटन गर्नुभएको उक्त कार्यक्रममा नेपाल स्वयमसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचाय लगायतका विशेष व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा संक्षिप्त अभिव्यक्ति दिने क्रममा अध्यक्ष विष्टले पत्रकारहरुले ब्यवसायिक क्षेत्रमा मात्र आवज नउठाई सामाजिक क्षेत्रमा पनि रक्तदान जस्ता कार्यक्रमको आयोजना गरी नयाँ सन्देश दिन खोजेको भन्दै कार्यक्रम संयोजन गरेकोमा पत्रकार महासंङघ काठमाडौं जिल्ला शाखालाई धन्यवाद दिनुभएको थियो ।  त्यस्तै उहाँले महासङ स्थापन दिवसको अवसरमा चैत १६ को स्थापना दिवसका दिन विहान भृकुटीमण्डपवाट हुने प्रभातफेरि र दिउँसो प्रज्ञा भवनमा हुने कार्यक्रममा सहभागी हुँन पनि आग्रह गर्नुभएको थियो ।

 कार्यक्रममा ३१ जनाले रक्तदान गर्नुभएको थियो ।  जसमा महेन्द्र विष्ट, कोपिला प्रसाई, भरत पन्त, शान्ताराम विडारी, फणिन्द्र दाहाल, लक्की चौधरी, जीवन दाहाल, रोहित दाहाल, गोविन्द्रप्रसाद चौलागाई, सन्तोष वराइली, दोर्ण IMG_9297sjh_eventPHotograpHY_blood donation patrakar mahasangh ktm 071पराजुली, शौरभ अधिकारी, विनायक श्रेष्ठ, ऋषि भट्टराई, प्रकाश तिमिल्सना, प्रभात चलाउने, अर्जुन पौडेल, दिवस पोखरेल, रुवी  श्रेष्ठ, मोहन सिंह लामा, अन्जना गुरुङ, हिमाल खनाल, गणेश वहादुर थापा, योगेन्द्रप्रताप शाही, रवि भण्डारी, कमल अर्याल, वद्री पौडेल, पिताम्वर शाह, प्रज्वल ओली, सन्तोष गौतम र किरण भट्टराई हुनुहुन्छ ।

रक्तदान गर्नुहुने र कार्यक्रम सफल वनाउन सहयोग गर्नुहुँने नेपाल मारवाडी सेवा समिति तथा पशुपतिमारवाडी सेवा समिति लगायतका सवैमा महासङघ काठमाडौं जिल्लाले धन्यवाद प्रकट गरेको शाखाद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728