बुधबार, अशोज १०, २०८०

निर्णायक वार्ता निष्कर्ष विहिन हुँने सङकेत देखियो, दलहरु अझै आ–आफ्नो अडानमा

काठमाडौ फागुन ३०,  संविधानका विवादित विषयमा सहमति जुटाउनका लागि निर्णायक वार्ता भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रमुख तीन दल र मधेसी मोर्चावीचको बैठक प्राय निष्कर्ष विहिन हुने सङकेत देखिएको स्रोतले जनाएको छ । यद्यपी यो समाचार तयार पार्दा सम्मपनि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक चलिरहेको बुझिएको । त्यस्तै बैठकमा चार दलवीच प्रदेश लगाएतका मुद्धामा दलहरु आ–आफ्नो अडानमा लचिलो नभएपछि सहमति  बन्न नसकेपछि अहिले छुट्टाछुट्टै छलफलमा व्यस्त रहेको थाहा भएको छ ।

बैठकमा कांँग्रेसबाट प्रधानमन्त्री सुशील कोइराला, रामचन्द्र पौडेल, शेर बहादुर देउवा, कृष्ण सिटौला तथा प्रकाशमानसिंह एमालेबाट माधवकुमार नेपाल, बामदेव गौतम, इश्वर पोखरेल र एमाओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल नारायणकाजी श्रेष्ठ तथा मधेसी मोचनका शीर्ष नेताहरु विजयकुमार गच्छदार, शरत सिंह भण्डारी, अशोक राई लगायतका नेताको सहभागीता रहेको छ ।