धादिङ चैत्र १६ पृथ्वी राजमार्गअन्तर्गत धादिङको जोगिमारामा काठमाडौंबाट कपिलवस्तु जांदै गरेको लु १ प ९५९३ नम्बरको बस र पोखराबाट काठमाडौं आउंदै गरेको बा १ प १०२८ नम्बर माइक्रोबस एकआपसमा ठोकिंदा चार जनाको मृत्यु घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा आठ जना यात्रु घाइते भएका छन् । मृतकको सनाखत हुन नसकेको जनाउँदै मृतक र घाइते सबै माइक्रोबसका यात्रु रहेको प्रहरीलेजनाएको छ ।