काठमाडौं चैत्र २ , जुम्लाबाट कालिकोट जांदै गरेको ना ४ ख ४९७० नम्बरको यात्रु बाहक बस रारालिही सडक खण्डमा दुर्घटना हुंदा १४ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर छ । घाइतेहरुको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ । बसबाट हाम फालेका एक जना भने सकुशल छन् । मृतकहरुको सनाखत हुन सकेको छैन । सदरमुकामबाट कालिकोटको नाग्मा जांदै गरेको बस सडकबाट १५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जुम्लालाई उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ