सोमवार, चैत्र ६, २०७९

चोभारमा आनन्दादी लोकेश्वरको खटजात्रा गरिदै

काठमाडौं चैत्र १३,  काठमाडौं उपत्यकाका चार लोकेश्वर मध्ये चोभारको आनन्दादी लाकेश्वरको जात्रा हुँदैछ । हरेक वर्ष चैत शुक्ल अष्टमीका दिन 10403302_811482958922678_72915233638256099_n 10460348_811482858922688_9111969548657378268_nआनन्दादी लाकेश्वरको जात्रा हुने गर्दछ । जात्राको लागि विहान चोभारमा रहेको दोभानमा द्य लायेगु भनेर देवतालाई कलशमा राखेर ल्याइएको पुुजारी सरोज शाक्यले बताउनु भयो । दिउँसो लोकेश्वरको मूर्तिलाई चोभारको विभिन्न ठाँउमा खटमा राखेर बाजा गाजा सहित परिक्रमा गरिनेछ ।

रंगरोगन गरिएको मूर्तिको अनुहारमा हिजो आँखा कोरेपछि विशेष पुजा गरिएको शाक्यले बताउनु भयो । जात्राको एक दिन अघि मूर्तिबाट निकालेर ब्रम्हक्वं भनिने कलशमा राखिएको देवताको जीवन्यास फेरि मूर्तिमा नै प्रतिस्थापन गर्न विशेष पुजा गरिने चलन छ । त्यस्तै हिजो लोकेश्वरलाई मानिसलाई जस्तै जन्मेदेखि गरिनु पर्ने दश कर्म संस्कार पनि गरिएको थियो ।  उपत्यकाका चार लोकेश्वर मध्ये सबैभन्दा पहिले नालाको लोकेश्वरको जात्रा हुने गर्दछ भने त्यसपछि काठमाडौंको सेतो मच्छिन्द्रनाथ र चोभारको आनन्दादी लोकेश्वरको जात्रा हुन्छ । त्यसपछि मात्र ललितपुरको रातो मच्छिन्द्रनाथको जात्रा हुने गर्दछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728