मङ्लबार, अशोज १६, २०८०

काठमाडौं वैरोका ७ कर्मचारी निलम्बित

काठमाडौं फागुन २१,  काठमाडौं । कोरिया जान नक्कली कागजातको आधारमा श्रम स्वीकृत दिन सहयोग पुर्‍याएको आरोपमा श्रम तथा रोजगार मन्त्रालयले मङगलवार baideshik-rojgarवैदेशिक रोजगार विभाग अन्तर्गत ताहाचलस्थित काठमाडौं कार्यालयका दुई शाखा अधिकृत सहित ८ कर्मचारीलाई निलम्बन गरेको छ । काठमाडौं कार्यालयले छानवीनको लागि एक समिती गठन गर्दै उनीहरुलाई निलम्बन गरेको जनाएको छ । निलम्बन पर्नेमा शाखा अधिकृत द्धय सिद्धराज चटौत, मित्र लुईटेल, नासुहरु कमल मरासिनी, कवि न्यौपाने, पदमबहादुर शाही, सुदर्शन खनाल र कम्प्युटर अपरेटर द्धय अमर महरा र उषा महर्जन रहेको कान्तिपुर दैनिकले समाभार छपेको छ ।

काठमाडौं शाखाका प्रमुख मधुविलास पंडितले कर्मचारीहरु निलम्बनमा परेको जनाउँदै विभागका शाखा अधिकृत देबेन्द्रबहादुर कार्कीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको जनाए ।  ‘समितिले एक सातामा प्रारम्भिक प्रतिवेदन दिन्छ र हामी त्यसैको आधारमा अघि बढौं’ उनले भने । पंडितका अनुसार व्यक्तिगत रुपमा कोरियाको पानी जहाज कम्पनीमा काम गर्न ४५ कामदारले श्रम स्वीकृत लिएका छन्, जसमध्ये ३७ कामदार कोरिया उड्न लाग्दा हवाई टीकट रद्ध भए पछि फर्केर विभागमा उजुरी गरेका थिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728