शनिबार, फाल्गुन १२, २०८०

कम्प्युटर क्लर्क भण्डारीविरुद्ध मुद्दा दायर

काठमाडौ चैत्र १७, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कम्प्युटर क्लर्क गुणराज भण्डारीविरुद्ध 1235071_238849426264381_1100343611_nसोमवार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार भण्डारीले सेवा प्रवेशका बेला पेश गरेको इन्टरमिडियट एजुकेसन काउन्सिल पटना, भारतबाट सन् १९९७ मा इन्टरमिडियट (आइकम) उत्तीर्ण गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली एवम् झुट्टा देखिएको जनाउँदै नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका अभियोगमा विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।