मङ्लबार, चैत्र १४, २०७९

एसिड आक्रमणबाट घाइते किशोरी सीमा र संगीतालाई उपचार कक्षमै परीक्षाको व्यवस्था मिलाउँ : प्रधानमन्त्री

काठमाडौ फागुन २८ ,  प्रधानमन्त्री सुशील कोइरालाले राजधानीमा एसिड आक्रमणमा परी उपचाररत छात्राहरू सीमा बस्नेत र सङ्गीता मगरको उपचार कक्षमा नै एसएलसी परीक्षा दिने प्रबन्ध मिलाउन शिक्षा मन्त्रालयलाई निर्र्देशन दिनुभएको छ । यस अघि एसिड आक्रमणमा परी घाइते भएकी वीर अस्पतालको क्याविन नं ९ मा उपचाररत छात्रा सीमा बस्नेतले प्रधानमन्त्रीलाई चिठ्ठी लेखी आपूmहरुको सपना चकनाचूर पार्ने को हो र अहिलेसम्म किन पक्राउ परेन भनेर प्रश्न गर्दै आगामी चैत्र ५ गतेदेखि हुने lettter-to-pm_20150312090441एसएलसी परीक्षा पनि दिन पाउँने व्यवस्था मिलाउँन र दोषीलाई पक्रेर फाँसी दिइयोस् भन्ने माग गर्दै प्रधानमन्त्री कोइरालालाई पत्र लेखेकी थिईन ।

त्यस्तै प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्रीले बुधवारनै गृह मन्त्रालयलाई एसीड प्रहार घट्नाको गम्भीर र प्रभावकारी अनुसन्धान गरी दोषीको पहिचान र पक्राउ गरी शीघ्र कडा कारबाहीको दायरामा ल्याउन पनि निर्देशन दिनुभएको छ । उहाँले भविष्यमा यस प्रकारका घट्ना हुन नदिनसमेत विशेष सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिदै उहाँले एसीड प्रहारको घट्नाबाट पीडित छात्राहरूको सम्पूर्ण उपचार खर्च राज्यको तर्फबाट व्यहोर्ने व्यवस्था यथाशीघ्र कार्यान्वयन गर्न पनि निर्देशन दिनुभएको उल्लेख गरिएको छ ।

नमस्कार, प्रधानमन्त्री सुशील कोइरालाज्यू,

मेरो नाम सीमा बस्नेत हो । म कक्षा–१० मा पढ्ने विद्यार्थी हुँ । मेरो घर, मामाघर जे भने पनि रौतहट जिल्ला पौराई गविस–१ मा हो । म भविष्यमा असल गायिका बन्न चाहन्छु तर मेरो हरेक सपना पानीमा बगेजस्तै लाग्छ । म एउटा कलिलो भर्खरको काँचो माटो छु । मेरो जन्म १६ पुस २०५५ मा रौतहट जिल्लामा भएको हो । म मेरो जिल्लामा कक्षा–६ सम्म अध्ययन गरेर २५ चैत २०६८ मा आफ्नो भविष्य राम्रो र उज्ज्वल बनाउन काठमाडौं आएकी थिएँ । काठमाडौं सहरमा बसेको चार वर्ष भयो । म मेरो जीवनमा यस्तो डरलाग्दो सपनामा पनि नसोचेको र कल्पना गर्न नसक्ने घटना घट्दा धेरै दुःखी छु । म त भविष्यमा नाम कमाउने उद्देश्य राखी आफ्नो पढाइलाई मात्र ध्यान दिन्थें । हजुरआमाले २०६८ साल वैशाख ५ गते कान्ति ईश्वरी राज्यलक्ष्मी माविमा भर्ना गरिदिनुभयो ।

त्यसपछि अझ राम्रो पढ्ने अवसर मिल्यो । म भविष्यमा एउटा असल गायिका बन्न चाहन्छु । मेरा हरेक सपना पानीमा बगेजस्तै लाग्छ । मेरो जीवन मात्र खेर गएको छैन, यहाँ संगीताको पनि जीवन खेर गएको छ । उसको पनि हरेक इच्छा चाहना सबै खेर गयो । मेलै जीवनमा मोबाइल बोकेकी छैन । फेसबुक पनि खोलेकी छैन र ब्वाइफ्रेन्ड पनि छैन । संगीता, म र हेमु एसएलसी परीक्षाका लागि तयारी गर्दै थियौं । मैले संगीतालाई चिनेको जम्मा एक साता मात्र भयो । हामीहरू ए प्लस ट्युसन सेन्टरमा पढ्थ्यौं । संगीता, म र हेमु बिहान ६ः१५ मा सरको बाटो हेरेर बसेका थियौं । संगीताले मलाई पनि अकाउन्टको हिसाब सिकाउँदै थिई । एक्कासि एउटा मान्छेले ढोका खोल्यो । म त सपना हो कि विपना हो भएँ, मेरो हातको कलमसमेत बन्द भयो । त्यो मानिसले बोतलमा एसिड ल्याएको थियो । ढोका उघारेर हामीलाई एसिड छ्यापेर भाग्यो । म पछाडिको सेकेन्ड बेन्चमा बसेकाले मेरो निधार र मुखमा एसिड प-यो । टाउकोको कापाल काट्नुप-यो ।

उसले संगीता र मलाई एसिड किन छ्याप्यो, यही कुराले मलाई दिनरात पिरोलिरहेको छ । तर, त्यो मानिसले हामीहरूमाथि यस्तो डरलाग्दो एसिडजस्तो पदार्थ किन खन्यायो । मेरो जीवनमा भाइहरूबाहेक अरू कुनै केटा साथी छैनन् । एसएलसी परीक्षामा राम्रो नम्बर ल्याएर कजेलमा पढ्ने ठूलो धोको थियो । अब मेरा लागि यस्ता हरेक इच्छा, चाहना र सपना सोच्ने दिन गए ।

त्यसको पनि संगीता र मेरोजस्तै दिदीबहिनी होलान् । हाम्रो ठाउँमा उनीहरू भएको भए त्यस अपराधीलाई कति पीडा हुन्थ्यो होला । म त यो समाजमा बाँचेर पनि राम्रो काम गर्न सक्दिनँ होलाजस्तो लाग्छ । यो एसिड छ्याप्ने व्यक्ति को थियो र हामीहरूले उसको के बिगारेका थियौं होला । त्यो पनि एसएलसी परीक्षा तयारी गरिरहेका विद्यार्थीमाथि यस्तो व्यवहार किन ग¥यो ?

हामीले अहिले जति पीडा भोगेका छौं, उनीहरूलाई पनि त्यति नै पीडा हुन्थ्यो । मानिसले जीवनमा धेरै गल्ती गर्छन् । तर, गल्ती ग¥यो भन्दैमा जसले गल्ती गरेको हो, उसलाई अन्य तरिका अपनाएर सम्झाउन सकिन्छ । यदि, त्यसरी नमानेमा कानुनको सहायता दिन सकिन्छ । कानुन किन बनेको हो ? यस्ता समस्याहरूको समाधान गर्न बनेको होइन र ! हाम्रो समाजमा दिन प्रतिदिन यस्ता आपराधिक घटना किन घटिरहेका छन् ? हामी यस्ता अपराधीहरूलाई अर्थात् म र संगीतामाथि एसिड प्रहार गर्ने मान्छेको मनोबल झन् बढ्ने देखिन्छ । हामीमाथि एसिड छ्यापेको आज १७ दिन भइसक्दा पनि कुनै एकजनालाई पनि प्रहरीले पक्राउ गर्न सफल नभएको देखिन्छ । आज मलाई यस्तो लाग्छ कि आउँदो ५ चैतदेखि मेरो एसएलसी परीक्षा हुने भए पनि म दिन पाउँछु कि पाउँदिनँ भन्ने अन्योल छ ।अन्त्यमा, प्रधानमन्त्री सुशील कोइरालाज्यू, म यति चाहन्छु कि म र संगीतामाथि एसिड प्रहार गर्ने पापी त्यो अपराधीलाई कानुनी दायरामा ल्याई फाँसीको सजाय होस् ।

– सीमा बस्नेत

हाल वीर अस्पतालको क्याबिन नम्बर–९

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728