शुक्रबार, चैत्र १७, २०७९

उपप्रम सिंहद्दारा कामपाका अधिकारीहरुलाई जनमैत्रीसेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं चैत्र ३, काठमाडौं महानगरपालिकाको तर्फबाट सम्पादन हुँदैआएको जिम्मेवारी महनगरवासी मैत्री नभएको र महानगरपालिकाले जिम्मेवारी अनुसारको काम नगरेको व्यापक गुनासो आएको भन्दै उपप्रधानमन्त्री प्रकासमान सिंहले जनताले अनुभुत गर्ने गरी काम गर्न महानगरपालिकाका अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

महानगरका कार्यकारी प्रमुख  पूर्णभक्त तण्डुकार सहित विभागिय प्रमुखहरुलाई आज आफ्नै कार्यकक्षमा निर्देशन दिदै उपप्रम सिंहले कामको लागि कम नभई जनमैत्रीसेवा सञ्चालन गर्न निर्देशन दिनुभएको हो।

त्यस्तै उहाँल जनतालाई प्रभावकारी सेवा सुविधा उपलब्ध गराउन र योजनाहरु कागजमा मात्रै सिमित हुने गरेको तर कार्यान्वयन नहुने गरेको गुनासो तीव्र रुपमा आउने गरेको स्मरण गराउँदै अवका दिनमा आफुले नगरबासिको यस्तो काम भएन भन्ने कुरा सुन्न् नपरोस बिधि प्रक्रिया अनुसार नगर बासीको भावना अनुरुप काम गरेर देखाउन र काम समयमा नै गर्न कडा निर्देशन दिएको छ।  त्यसक्रममा महानगरका अधिकारीहरुले आफुहरुलाई माग गर्न आइपरेका समस्या तथा अबरोधबारे उपप्र सिंहलाई जानकारी गराएका थिए।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728