सोमवार, चैत्र १३, २०७९

आमहड्ताल जारी राख्दै विपक्षी मोर्चाद्दारा चैत्र २३ सम्मका घोषित आन्दोलनका कार्यक्रम स्थगन

काठमाडौ चैत्र १६,  एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले आगामी चैत १९ गर्ने भनेको नेपाल बन्दको घोषित कार्यक्रम सहित चैत २३ सम्मका लागि घोषिात सवै आन्दोलनका कार्यक्रम स्थगन गरेको छ । मोर्चाले यसअघि चैत २३ सम्म सरकारी कार्यालय घेराउ, लाठी जुलुसलगायत आन्दोलनका  कार्यक्रम सार्वजनिक गरेको थियो । मोर्चाको आज एमाओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले बन्द आन्दोलनका घोषित कार्यक्रम स्थगन गर्दै चैत २१ गते देशभर विशेष अन्तक्र्रिया गर्ने कार्यक्रमको आयोजना गर्ने  र सहमतिमा संविधान जारी गर्ने सम्बन्धमा सत्तारुढदलको तर्फबाट ठोस प्रतिबद्धता नआएसम्म वार्तामा नबस्ने निर्णय   गरेको हो ।

मोर्चाले चैत २३ सम्मको घेषिति आन्दोलनका कार्यक्रम फिर्ता गरेपनि चैत्र २४ देखि २६ गतेसम्मका लागि घोषित आमहड्तालगायत कार्यक्रम भने जारी राखिएको छ ।  बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सत्तारुढ दलले वार्तालाई कूटनीतिक तवरले मात्रै प्रयोग गरेकाले आन्दोलनलाई प्रभावकारी बनाउने निर्णय गरिएको जानकारी दिदै पछिल्लो एक महिनामा सहमतिका आधारमा संविधान जारी गर्नका लागि मोर्चाका तर्फबाट विशेष पहल भए पनि सत्तारुढ दलले त्यसलाई कमजोरीका रुपमा मात्रै लिएको र केवल वार्ताका नाममा वार्ता मात्रै गर्ने र समस्याको समाधानका लागि कुनै पनि प्रयत्न नगरेको बताउँदै उहाँले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले मोर्चाका नेतासँग कुनै छलफल नगरी संविधानसभाको बैठक बोलाएकामा आक्रोश सहित मोर्चाको बैठकले चैत्र २३ को संविधानसभा बैठक बहिष्कार गर्ने निर्णय जनाउँ दिनुभएको छ ।

 त्यस्तै बैठकले प्रा डा केसीको माग जायज भएको डहरगर्दै आठ दिनदेखि आमरण अनशनमा रहनुभएका प्रा डा गोविन्द केसीको चिकित्सा क्षेत्रको सुधारको मागबारे तत्काल सम्बोधन गर्न सरकारसङग आग्रह गरिएको र मुलुकभित्र प्रवेश गर्ने विदेशी नागरिकले प्राप्त गर्ने प्रवेशाज्ञा निजी कम्पनीलाई दिने सरकारको तयारी राष्ट्रिय सार्वभौमसत्ता र अखण्डताविरुद्धको काम भएको भन्दै सो प्रक्रिया रोक्न बैठकले माग गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728