बिहिबार, चैत्र १६, २०७९

आज विश्व मृर्गौला दिवस, विभिन्न कार्यक्रमको आयोजना गरि मनाईदै

काठमाडौ फागुन २८ ,  सबैको लागि स्वस्थ्य मिर्गौला’ भन्ने नाराका आज विश्व मिर्गौला दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाईदै छ । नेपालमा सन् २००६ देखि  हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीबार मिर्गौला उपचार केन्द्र काठमाडौँ वनस्थलीको आयोजनामा मिर्गौला दिवस मनाउन थालिएको हो ।

नेपालमा कुल जनसङ्ख्याको करिब १० प्रतिशत व्यक्तिमा कुनै न कुनै किसिमको मिर्गौला रोग रहेको अनुमान गर्न सकिने उल्लेख गर्दै उहाँले त्यसमध्ये करिब १० हजार जना मिर्गौला रोगको अन्तिम अवस्थामा पुग्ने गरेको र करिब तीन हजार जना वार्षिक रुपमा थपिदै गएको अनुमान रहेको गरिएको सम्वद्ध विज्ञहरुले बताएका छन ।

त्यस्तै विज्ञहरुका अनुसार मिर्गौला स्वस्थ्य राख्नका लागि सबैले एक दिनमा कम्तीमा तीन लिटर पानी पिउनुपर्ने, मधुमेह तथा उच्च रक्तचापलाई सन्तुलनमा राख्न पर्ने र खाना खाएको ३० मिनेटमा कम्तिमा १५ मिनेट हिडडुल गर्नुपर्ने, मोटोपनलाई हटाउनुपर्ने र सुविधा भोगी नबनी पर्याप्त मात्रामा व्यायाम नितान्त आवश्यक रहेकोमा जोड दिईएको छ ।

यसैक्रमम आज राजधानीमा नेपाल किड्नी फाउण्डेशनले निर्वाचन आयोगका प्रमुअ आयेक्त निलकण्ठ उप्रेतीको प्रमुख आतिथ्यतामा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । भृकुटीमण्डपबाट सुरु भएको उक्त प्रभातफेरी बसन्तपुरमा पुगेर कोण सभामा परिणत भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728