शुक्रबार, चैत्र १७, २०७९

आजबाट उपत्यकामा हात्तिपाइले रोगविरुद्ध दोस्रोचरणको अभियान सुरु

काठमाडौं फागुन ३०,  हात्तिपाइले अर्थात फाइलेरियारोग विरुद्धको औषधी खुवाउने दोस्रो चरणको अभियान आजदेखि काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा सुरु 7भएको छ । चेत्र २ गते सोमबारसम्म उपत्यकाका तीन वटा जिल्लामा या अभियानकोसुरुवात गरिएको हो । यस अघि पहिलो चरणमा भने फागुन २३ देखि २५ गतेसम्म पाँचथर भोजपुर, इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, ओखलढुङ्गा, सिराहा, सप्तरी, उदयपुर, अर्घाखाँची लगायत ३८ जिल्लामा औषधी खुवाइएको थियो ।

हात्तिपाइले रोग लाग्नबाट बचाउने भएकाले सबैले औषधि सेवन गर्नुपर्ने व्यवस्था मिलाइए पनि गर्भवती तथा एक हप्ता सम्मका सुत्केरी आमाहरु, सिकिस्त विरामी, छारे रोगका विरामी र दुई बर्ष नपुगेका बालबालिकाले भने औषधी सेवना नगर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।  नेपालमा यो रोगको संक्रमण सरदरमा १३ प्रतिशत देखिएको छ । रोगको परजिवि भएका मानिसमा गोडा सुन्निने, सेतो पिसाव बग्ने, स्तन तथा जनेन्द्रीय सुन्निने समस्या हुने स्वास्थ्यकर्मीहरु बताउछन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728