सोमवार, अशोज ८, २०८०

आचार संहिता पालना सहितको पत्रकारिताप्रति जनताको विश्वास झन दिगो हुन्छ: सञ्चारमन्त्री डा.रिजाल

काठमाडौ फागुन २४,  प्रेस काउन्सिल नेपालद्वारा आयोजित तीनदिने पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण तालिमको आज उद्घटन गर्दै सञ्चार मन्त्री डा मीनेन्द्र minendra-rijal-final-photo1रिजालले आचार संहिताको अक्षरस पालना गर्ने हो भने पत्रकारिता क्षेत्र अझ प्रभावकारी हुनुको अलावा पत्रकारिताप्रति जनताको विश्वास झन दिगो हुँने बताउँनुभएको छ ।

कार्यक्रमको उद्घाटनसत्रमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले पत्रकारिता क्षेत्रमा धर्म निर्वाह गर्नु भनेको आचार संहिताको पालना गर्नु भनेको पत्रकारलाई दण्डित गर्नेभन्दा अनुशासित बनाउने  उद्देश्य भएको बताउँनु भएको उक्त कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले नेपालमा सञ्चारमाध्यम र पत्रकारिताको विकास सङसङगै स्वस्थ्य जिम्मेवारपूर्ण पत्रकारिताको विकासमा काउन्सिलले जोड दिँदै बताउँनभएको थियो ।

सो अभियानको निरन्तरताका क्रममा आयोजना भएको उक्त प्रशिक्षक प्रशिक्षण तालिममा नौजना महिलासहित ४४ जना सञ्चारकर्मीको सहभागिता रहेको छ ।