शुक्रबार, अशोज ५, २०८०

एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले गर्ने आन्दोलनको कुनै औचित्य छैन : उपप्रम सिंह

  • विपक्षी मोर्चालाई आन्दोलन छोडी वार्तामा आउन आह्वान

  • आन्दोलन शान्तिपूर्ण नभए सरकारले  सोहि  अनुरुप कदम चाल्न बाध्य

  •  पाँच महिना भित्र संविधान जारी हुनेमा विश्वस्त रहन आग्रह

download (5)काठमाडौं फागुन ११,   उपप्रधानमन्त्री प्रकाशमान सिंहले एमाओवादी लगायतका विपक्षी मोर्चालाई आन्दोलन छोडी वार्तामा आउन आह्वान गर्नुभएको छ ।  उप्रप्रम सिहले विराटनगरमा आज सञ्चारकर्मीसँगको सङ्क्षिप्त भेटघाटमा सबै राजनीतिक दलको सहमतिमा बनेको नियमावलीअनुसार प्रक्रियाबाट संविधान निर्माणको कार्य चाँडो टुङ्ग्याउन कार्यतालिका परिवर्तन गर्ने संविधान जारी भएपछि वर्तमान सरकारले राजीनामा दिने बताउनु भएको छ । साथै उहाँले विपक्षी गठबधनले फागुन १६ गतेदेखि गर्ने भनिएको आन्दोलन शान्तिपूर्ण नभए सरकारले सोहि अनुरुप कदम चाल्न बाध्य हुँने अग्रिम जानकारी सहित उपप्रम सिंहले अबको पाँच महिना भित्र संविधान जारी हुनेमा विश्वस्त रहन सबैलाई आग्रह गनुृ भएको छ।

यसैवीच उपप्रधान एवम् स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले गर्ने आन्दोलनको कुनै अर्थ नभएको टिप्पणी गरेका छन् । आज सप्तरी जिल्ला परिषद्को उद्घाटन गर्दै मन्त्री सिंहले कसैको बिरोधका कारण संविधान जारि गर्न नरोकिने स्पष्ट समेत पारेका छन् । उहाँले सरकारको तर्फबाट आव्हन गरिएको वार्तालाई कमजोरीका रुपमा लिए विपक्षीले कडा मुल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् । मन्त्री सिंहले छलफलको वातावरणको बनाउन संविधानसभा बैठक स्थगित गरिएको भन्दै बार्तामा नआए अब छिटै पक्रियामा जाने पनि त्यसअवसरमा जानकारी दिएका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031