सोमवार, चैत्र ६, २०७९

काँग्रेस र एमालेले संविधान निर्माण प्रक्रियालाई अल्पमत र बहुमतको खेलमा रुपान्तरण गरेमा प्रचण्डद्दारा आक्रोश व्यक्त

शान्ति सम्झौतालाई एकलौटी रुपमा नेपाली काँग्रेस र एमालेले तोडेको आरोप

क्रियात्मक आन्दोलन अन्र्तगत  नाकाबन्दी, सरकारी कार्यालय कब्जादेखि प्रादेशिक र  केन्द्रीय सरकार गठनको चेतावनी

काठमाडौँ माघ २९,  एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौतालाई एकलौटी रुपमा नेपाली काँग्रेस र एमालेले तोडेको आरोप लगाउनुभएको छ ।
बिहीबार राजधानीमा पहिचानवादी युवा शक्तिको नाममा लाठीधारी युवा दस्ता सार्वजकि गर्न आयोजित  घोषणासभा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले फागुन९१६ सम्म पहिलो चरणको खबरदारी र त्यसपछि क्रियात्मक आन्दोलन  सुरु गरिने बताउँदै काँग्रेस र एमालेले संविधान निर्माण प्रक्रियालाई अल्पमत र बहुमतको खेल बनाइएकोमा तिव्र आक्रोश सहित यस्तो आरोप लगाउनु भएको हो।

त्यस्त अध्यक्ष प्रभण्डले सुरुगरिने क्रियात्मक आन्दोलनमा नाकाबन्दी, सरकारी कार्यालय कब्जादेखि प्रादेशिक सरकारको गठन र अन्तिममा केन्द्रीय सरकार गठनको कार्यक्रम रहने उल्लेख गर्दै प्रमुख दल र तत्कालीन नेकपा माओवादी बीच भएको १२ बुँदे सहमति, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता र विभिन्न पक्षहरूबीच भएका सहमतिको विपरित बहुमतको दम्भ देखाएर सत्तारुढ दल अगाडि बढेका कारण त्यसको जानकारी संयुक्त राष्ट्रसङ्घलाई समेत गराउने बताउँदै अध्यक्ष दाहालले आफ्नो पार्टीले जातीय राज्य कहिल्यै पनि नमागेको, तर सबैले अधिकार पाउनुपर्छ भन्ने पक्षमा रहेको उल्लेख गर्दै उहाँले जनतालाई अधिकार दिन नचाहने प्रवृत्तिले नै संविधान लेखन प्रक्रियालाई समस्यामा पारेको बताउनुभएको छ।

साथै केही नेतालाई आफू नै राजा महाराजा भएको भन्ने भूत चढेको आरोप लगाउँदै अध्यक्ष दाहालले जनताको चाहना र भावनाविपरीत गए उनीहरूको अस्तित्व समेत नामेट हुने जिकिर गर्दै पहिलो संविधानसभाको निर्णयलाई अहिलेको संविधानसभाले स्वीकार गरिसकेको हो भने राज्य पुनःसंरचनाको आधारका रुपमा पहिचानका पाँच र सामथ्र्यका चार आधार तय गरिसकेकाले त्यसलाई नै स्वीकार गरेर अगाडि बढ्नुपर्नेमा सत्तारुढदलले बहुमतके उन्माद प्रर्दशन गरको बताए ।  कार्यक्रममा आदिवासी जनजाति आन्दोलनका केन्द्रीय समन्वय समितिका संयोजक पद्मरत्न तुलाधर लगायतलपनि  बोल्नु  भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031