बिहिबार, बैशाख १३, २०८१

सरकारलाई ग्यास अभावको समस्या तत्काल समाधन गर्न संसदीय समितिको निर्देशन

काठमाडौ माघ २४,  व्यवस्थापिका–संसद्अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको शुक्रवार सिंहदरबारमा बसेको बैठकले मुलुकभर देखिएको  खाना पकाउने ग्यासको अभावलाई तत्काल समाधान गर्न सरकारलाई शुक्रवार फेरि निर्देशन दिएको छ ।  यसअघि पनि समितिले पटक–पटक ग्यास अभाव हल गर्नका लागि सरकारलाई निर्देशन दिएको भए पनि त्यसको व्यावहारिक कार्यान्वयन नभएको भन्दै समितिले पछिल्लो दिनमा सरकारले चालेको कदम तथा भए गरेका प्रयासका बारेमा जानकारी गराउनसमेत निर्देश गरेको हो ।

त्यस्तै समितिको बैठकले जनताको दैनिक जीवनसँग जोडिएको विषयमा सरकारले खेलाँची गरेको, जनताले सहज रुपमा खाना पकाउने ग्यास नपाएको, कालोबजारी मौलाएको र त्यसलाई रोक्नेतर्फ प्रभावकारी काम नभएको, अनुगमन संयन्त्र फितलो भएको भन्दै समस्या समाधान गर्न वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमलाई सचेत गराएको सभापति भीष्मराज आङ्दम्बेले जानकारी दिनुभएको थियो ।