शुक्रबार, बैशाख ७, २०८१

३० दलीय मोर्चाको प्रदर्शनलाई लक्षित गर्दै प्रशासनले तोक्यो निषेधित क्षेत्र

काठमाडौ फाल्गुन १५,  एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले शनिवार राजधानीमा सत्तारुढदल काँग्रेस र एमालेले प्रदर्शन गरेको दुई तिहाइको दम्भको बिरुद्द, गर्ने Nisedhit_Chhetraप्रदर्शन र सभालाई लक्षित गर्दै सरकारले काठमाडौंको कतिपय स्थानलाई निषेधित क्षेत्र घोषित गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले अर्को आदेश नभएसम्मका लागि भन्दै राष्ट्रपति, उपराष्ट्रपति कार्यालय अगाडि र प्रधानमन्त्री निवास बालुवाटारको क्षेत्रलाई सभा जुलुस गर्न नपाउने गरी निषेधित क्षेत्र घोषित गरेको हो ।  त्यस्तै, सिंहदरवार क्षेत्रमा भद्रकाली, पदमोदय मोड, माईतीघर, बबरमहलस्थित जिल्ला अदालत छेउको जिल्ला प्रशासन कार्यालयदेखि हनुमानस्थानसम्म र माइतीघर मण्डलादेखि सिंहदरवारको दक्षिणी गेट हुँदै हुनमानसथानसम्म र संविधानसभा भवनको चारैतिर पश्चिम गेटबाट बानेश्वर चोक हुँदै होटल एभरेष्ट तर्फको ७५ मिटर, चोकदेखि अरनिको राजमार्ग हुँदै संविधानसभा भवनको पर्खालको अन्तिम बिन्दुसम्मको राजमार्गको दायाँ बायाँ दुवै किनारसम्म, चोकदेखि शंखमुल सडकतर्फ ५० मिटर, थापागाउँ जाने बाटोको दक्षिण तर्फको क्षेत्रलाई निषेधित क्षेत्र बनाइएको जिल्ला प्रशासन कार्यालयले आज प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएका छ।

त्यस्तै प्रशासनले उल्लेखित सूचनाको बार्खिलाप हुने गरी कसैले कुनै काम गरे गराएमा कानून अनुसार कारवाही गर्ने चेतावनी दिएको छ ।