शनिबार, बैशाख ८, २०८१

सेवाग्राहीसङग घुस लिँदालिँदै गरेको अवस्थामा नासु त्रिताल पक्राउ

काठमाडौ माघ २० ,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरेलु तथा साना उद्योग कार्यालय पर्साका नासु दुर्गामणि त्रिताललाई याँ उद्योग दर्ता गर्न भन्दै  सेवाग्राहीसङग  रु २० हजार घुस लिँदालिँदै गरेको अवस्थामा आज पक्राउ गरेको आयोगले जनाएको छ ।

त्यस्तै गरी सेवाग्राहीसङग घुस लिएको अभियोगमा जिल्ला मालपोत कार्यालय चावहिलका नासु र लेखापढी व्यावसायीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । लिएको अभियोगमा जिल्ला मालपोत कार्यालय चावहिलका नासु र लेखापढी व्यावसायीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगकाअनुसार मालपोतका नासु टङ्कनाथ ज्ञवाली र लेखापढी व्यावसायी बलरामप्रसाद भण्डारीले काठमाडौँ धापासी–६ स्थित कित्ता नं ४९६, ३१३ र ५४५ को जग्गा हाल साविक गर्ने क्रममा सेवाग्राहीसङग रु २५ हजार घुस लिँदालिँदै केही दिन पहिले पक्राउ परेका थिए ।  लेखापढी व्यवसायी भण्डारीले सेवाग्राहीसङग रु पाँच हजार लिएको र बाँकी रकम काम भएपछि दिने भन्ने सहमति गर्दै गरेको अवस्थामा पक्राउ परेका थिए । नासु ज्ञवाली र लेखापढी व्यवसायी भण्डारी दुवैलाई हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको आयोगले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।