शनिबार, बैशाख ८, २०८१

सूचनाको हक पत्रकारका लागि मात्र नभएर आम नागरिको लागि : सूचना आयुक्त पोखरेल

काठमाडौ फागुन ९,  युनेस्कोको सहयोगमा जागरण मिडिया सेन्टरले अयोजना गरेको य सूचनाको हकसम्बन्धी’ दुईदिने राष्ट्रिय प्रशिक्षणको समापन कार्यक्रममा बाल्दै kiran_pokhrelराष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेलले सार्वजनिक निकायले सूचना लुकाउने कोसिस गर्ने भएकाले नागरिकलाई सूचनाको हक प्रत्याभूत गराउनु चुनौतीपूर्ण रहेको बताउँनु भएको छ।

त्यस्तै उहाँले अझैपनि सूचनाको हक पत्रकारलाई मात्र आवश्यक पर्दछ भन्ने धारणा आम जनमानसमा विद्यमान रहेको बताउँदै सूचनाको हक पत्रकारका लागि मात्र नभएर आम नागरिको लागि हो भन्ने यर्थात पत्रकारलेनै जनतालाई सुसूचित गराउनुपर्ने अवस्था रहेको बताउँनु भएको छ ।

त्यस्तै कार्यक्रममा पूर्व सभासद् तथा पत्रकार विनोद पहाडीले सूचनाको हक सुशासनसँग सम्बन्धित रहेको भन्दै सार्वजनिक निकायमा हुने गरेका भ्रष्टाचारलाई जनतासमक्ष पु¥याउन यो हकले ठूलो मद्दत गर्ने विश्वास व्यक्त गर्नुभएका उक्त कार्यक्रममा सेन्टरका अध्यक्ष रेम विश्वकर्मा, प्रशिक्षक धमेन्द्र झा, युनेस्कोका काठमाडौंका प्रतिनिधि जेबी विश्वकर्मा लगाउतले सूचनाको हकको आवश्यकता र औचित्यमाथि प्रकास पार्नुभएको थियो ।