बुधबार, बैशाख १२, २०८१

सिमराको आन्दोलन स्थगित

काठमाडौ फागुन १२ , सिमरामा थप मालपोत र नापी कार्यालय स्थापना हुनुपर्ने भन्दै सिमरा मालपोत स्थापना सरोका समितिको नेतृत्वमा हुँदै आएको आन्दोलन bara-map-e1423920279354आजबाट स्थगन गरिएको छ ।  आन्दोलनको मागबारे वार्ताको माध्यमबाट राज्यका विभिन्न निकायहरुबाट सम्बोधन गरिने प्रतिवद्धता आएकोले धनजनको क्षति हुन सक्ने सम्भावनालाई ख्याल गर्दै आम हड्तालसँगै चक्काजामको आन्दोलन हाललाई स्थगित गरिएको समितिद्दार जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा सरोकार समितिले आमहडताल र चक्काजामको कार्यक्रम स्थगन गरेसँगै सिमराको जनजीवन आज बिहानदेखि सामान्य बन्दै गएको छ । आन्दोलन स्थगित भएलगत्तै वीरगन्ज–पथलैया सडकखण्डमा सवारी साधन पनि सञ्चालनमा आएका छन् ।