शनिबार, बैशाख ८, २०८१

अ.दु.अ.आ.मा पूर्व सचिव बस्न्यात सहित ५ जना आयुक्तको सिफारिस

संवैधानिक परिषदको बैठक :

काठमाडौं फागुन १५,  संवैधानिक परिषदको बैठकले अख्तियार दरुपयोग अनुसन्धान आयोगमा रिक्त रहेको पदाधिकारी नियुक्तिका लागि थप ५ जना आयुक्त  Navin-Kumar-Ghimireनियुक्तिका लागि सिफारिस गरेको छ ।  शुक्रबार साँझ बसेको बैठकले आयोगमा ५ जना आयुक्तहरुक्रमस पूर्व सचिवहरु दीप बस्न्यात, नविन घिमिरे र गणेशराज जोशी राजनारायण पाठक र सह प्रध्यापक सावित्री गुरुङलाई आयुक्त पदका लागि सिफारिस गरेको हो ।

यसअघि बिहीबार बसेको संवैधानिक परिषदको बैठकले लोकसेवा आयोगका अध्यक्ष तथा सदस्यहरु नियुक्तिका लागि सिफारिस गरेको थियो । दुवै आयोगका लागि सिफारिसमा परेका अध्यक्ष, सदस्य तथा आयुक्तहरु संसदीय सुनुवाईपछि राष्ट्रपतिले नियुक्त गर्ने कानुनी ब्यवस्था छ ।