बिहिबार, बैशाख १३, २०८१

संविधानसभाको आजको बैठक एमाअ‍ेवादी सहितका विपक्षीले बहिष्कार गर्ने

  काठमाडौं  माघ २२,  माघ ११ गते प्रक्रिया सुरु भएसङगै अनिश्चित बनेको संविधानसभाको बैठक आज बस्दै छ ।आजको बैठकमा विशेषत संविधानका अन्तर्वस्तुमा  भएका असहमतिलाई प्रश्नावली बनाउने जिम्मा पाएको प्रस्ताव निर्माण समितिलाई आजको बैठकले म्याद थप गर्ने संसद सचिवालयले जनाएको छ।  तर आजको बैठकमा एमाओवादीसहितको विपक्षीदलले सत्तारुढदलले बहमतिय दम्भ सहित जबर्जस्ती अघि बढाएको प्रक्रियाको विरोधस्वरूप संविधानसभा बहिष्कार गर्ने निर्णय गरेको जनाएको छ ।

त्यस्तै यसवीचमानै विपक्षी दलको बैटकमा सत्तारुढ दलका प्रमुख घटक एमाले अध्यक्ष केपी ओलीले १० अर्ब दिए मोर्चाले आन्दोलन रोक्छ भन्दै मोर्चाको आन्दोलनबारे दिएको अभिव्यक्ति विरुद्ध आपत्ति प्रकट गरेका थिए ।